कृषक समूहलाई हिमालयन बैंकको सहयोग |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले समाज सेवी समूहको आर्थिक सहयोगमा गठित उदयपुरको चौदण्डीगढीको कटरवोटेमा रहेको दिदी बहिनी कृषक समूहलाई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ ।
सो संस्थाले करिब एक दशकदेखि त्यस क्षेत्रका थुप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छाप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समूहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।
बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरे ।


