नेपाल व्यापार एकिकरण रणनीति २०१६ सम्वन्धी अन्तरक्रिया |
विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमवाट वढ्दो व्यापार घाटा न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकिकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजनामा २०७८ असोज ०७ गते, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियामा संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीहरुको सुधार गरी आगामी नीति तय गर्नुपर्ने धारणा राखे । उनले विश्व वजारमा मौलिक चिनारी वोकेका नेपाली वस्तुको माग भएतापनि निर्यातमा देखिएको प्रकृयागत जटिलता, वढदो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्याका साथै कुटनीतिक पहलको अभाव जस्ता कारणले आशातित रुपमा निर्यात हुन नसकेको वताउदै निर्यात प्रवद्र्धनमा देखिएका जटिलतालाई सम्वोधन गर्नेगरी आगामी रणनीति आउनु पर्ने धारणा राखे ।
कार्यक्रममा पूर्व अर्थ सचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकिकरण रणनिति २०१६ सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैक्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने धारणा राखे । उनले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई वढावा दिन सरकार, नीजि क्षेत्रवीच सहकार्य हुनु पर्ने विचार व्यक्त गर्दै राज्यले उद्योग व्यवसायहरुको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आवश्यक व्यवस्था सहितको ब्यापार रणनीति तय गर्न कार्यक्रमका प्राप्त सुझावहरु महत्वपूर्ण रहेको वताए ।



