सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा २५% छुट |
काठमाडौं । दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।
अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५% छुट वा २ हजार ५०० सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने पनि बैंकले जनाएको छ ।



