विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव प्रबल जनसेवाश्रीबाट विभुषित |
काठमाडौं । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुर संविधान दिवसका अवसरमा विभुषित भएका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठाकुरलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री घोषणा गरेको हो ।
समाजका अत्यन्तै निम्न वर्गिय व्यक्तिहरुलाई स्वधर्म, संस्कार, संस्कृति सग जोड्न हनुमान आराधना मण्डलको माध्यमले छुवाछुत, भेदभाव जस्ता कुरितीहरुलाई निर्मूल पार्न एवं समरस समाज निर्माण प्रक्रियामा अतुलनीय योगदान पुर्याउनु भएकोले उनलाई सम्मान गरिएको हो ।
शिक्षण पेशाबाट अवकाश प्राप्त ठाकुरले ‘जातिपाती पुछेन कोई, जो हरिको भजे वह हरिका होइ’ जस्तो वाक्यलाई हनुमान आराधना मन्डलको २८६३ शाखाहरुको माध्यमले समाजमा धार्मिक वातावरण स्थापित गर्न अत्यन्तै ठूलो योगदान पुर्याएका छन । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुरज्यु संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीबाट सम्मानित भएकोमा विश्व हिन्दू परिषद नेपाल परिवार गौरवान्वित महसुस गरिरहेको परिषदका एक अधिकारीले बताए ।


