सल्फेट र प्याराबेन रहित लिभोन श्याम्पुको ठूलो प्याक बजारमा |
काठमाडौं । लिभोनले साधारण कपाल, सुख्खा कपाल र टुक्रिएको कपालका निम्ति सल्फेट र पाराबेन रहित श्याम्पुका ६५० मी.ली. को ठूलो प्याक नेपाली बजारमा ल्याएको छ ।
लिभोनले ७४९ मूल्य रहेको यस उत्पादनको ६९९ अफर गरेको छ । लिभोनका उत्पादनहरूमा श्याम्पु र कन्डिसनर्स सल्फेट र पाराबेन रहित रहेको कम्पनीको दावी छ ।
सल्फेटहरु कडा क्लिंजर हुन् जसले कपालका प्राकृतिक तेल निखारेर सुक्खा र टुट्ने अवस्थामा पुर्याउँछन् । प्याराबेनहरु संरक्षक हुन् जो क्यान्सरका कारण हुन् भन्ने कुरा स्क्यानरले देखाएको छ । यी नयाँ श्रेणीका उत्पादनहरु यी दुवै रसायनबाट मुक्त छन् ।
लिभोनका नयाँ श्याम्पुहरु नेपाली ग्राहकहरुलाई ध्यानमा राखी डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ ।


