बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (एएभ्०, १५) प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ ।
उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश सेट १ थमन बहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बिच हस्तान्तरण गरेका थिए ।
उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहनु भएका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


