८.७५℅ प्राइम डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत |
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच ८.७५ प्रतिशत प्राइम डिवेन्चर सूचीकृतका लागि सम्झौता भएको छ ।
बैंक र नेप्सेबीच बैंंकले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँको दरले हुन आउने दुई अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४ लाख ४७ हजार ९६३ इकाई डिवेन्चर नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् ।
Visited 1 times, 1 visit(s) today


