नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्षस्थ नेता वीच छलफल |
काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्षस्थ नेताबीच आर्थिक क्षेत्रका बिबिध पक्षवारे छलफल भएको छ ।
उक्त अवसरमा नेपाल चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको बिकाशको लागि कृषिलाइ प्राथमिकता दिनु पर्ने बताए । नेपालले वर्षेनी खरवौ मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमीमा कृषिको सभाव्यता प्रचुरमात्रामा रहेकोेले कृषिलाइ प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाइ बजारसंग संयोजन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
राप्रपाले निकट भबिष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणावारे जानकारी लिने क्रममा आज चेम्वरमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउनु हुंदै बिदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्युनतम व्याजदरमा कर्जा उपलब्ध हुनु पर्ने बताए । यसका साथै घरजग्गा कारोवारलाइ व्यवस्थित गर्न व्रोकर लाइसेन्सको व्यवस्था, बिदेशी लगानीमा स्थापना हुने उद्योगमा पिपिपि मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनु पर्ने बताए ।
उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जवराले आर्थिक बिकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यता सहित खुला बजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनु पर्ने बिश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताए । राप्रपा अर्का अध्यक्ष कमल थापाले चेम्वरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताउनु हुंदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्वरबाट प्रस्तुत गरिएका सुझावहरुलाइ मनन गरिने बताए ।
राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीेले चेम्वरबाट प्रस्तुत सुझावहरुवारे जिज्ञासा राखेका थिए । सो अवसरमा राप्रपा आर्थिक बिभागका संयोजक उद्धव पौडेल र कार्य सम्पादन समितिका सदस्य मोहन श्रेष्ठको पनि उपस्थिति रहेकोे थियो । उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष दीपक मल्होत्रा, तथा चेम्वर कार्य समिति सदस्य पर्शुराम दाहाल, राजारत्न तुलाधर, दीपककाजी तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


