दराज मल फेस्टिभलको घोषणा : प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छूट |
काठमाडौं । दराजले भदौ २ देखि दराजमल फेस्टिभल सुरु गर्ने घोषणा गरेको छ। यस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्ड मार्फत अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशत (रु ५०० सम्म) छुट, इमेज रिभिउ एंड विन, फलो एन्ड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G ,नि:शुल्क डेलिभरी साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्
१०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्छ।
त्यसै कारण दराजमल फेस्टिभल ग्राहकहरुको लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी एक सुनौलो अवसर हो।
विगतमा जस्तै, ग्राहकहरुले बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट पाउन सक्छन। बैंक डेज अफर निम्नानुसार छन्।
- सोमबार – सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट।
- बुधबार – एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट ।
- बिहीबार – माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट ।
- बिहीबार – मेगा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट/डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट ।
- बिहीबार – हिमालयन बैंकको कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट ।
- शुक्रवार – नबिल बैंक मार्फत १० प्रतिशत छुट (अधिकतम् रु ५००) ।
- शनिबार – स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १० प्रतिशत छुट (अधिकतम रु ५००) ।
यसबाहेक पहिलोपटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्ट गरेमा १५ प्रतिशत (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत प्री-पेमेन्टमा २० प्रतिशत (रु ५००) छुट पाउन सक्नेछन्।
त्यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको ग्राहकहरुले सजिलो मासिक किस्ता सेवा मार्फत सपिङ गर्न पाउने छन्। उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफुलाई मन परेको उत्पादनहरु सुन्य ब्याज र सुन्य डाउनपेमेन्टमा खरिद गर्न सक्छन्।
यो बाहेक, ब्रान्ड अफ द डे जस्तो अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छूट प्राप्त गर्नको लागि एक अद्वितीय अवसर प्रदान गर्दछ। हरेक दिन, एक चयन दराजमल ब्रान्डले आफ्नो उत्पादनहरुमा विशेष छुट प्रदान गर्नेछ जस्तै अमय्रा फ्यासन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिसतसम्मको छुट दिँदै छ ।
एर्केले ५० प्रतिशतसम्मको छुट दिँदै छ भने स्टार स्ट्रक बाई सन्नी लिओनले फ्ल्याट ४० प्रतिशतको छुट प्रस्ताव गर्दैछ। तसर्थ, ग्राहकहरु दराज मल फेस्टिभल भर अपडेट रहनको लागी सल्लाह दिइन्छ। ग्राहकहरुले रु ६४ हजार ९९९ मूल्यको XIAOMI MI 11 X PRO 5G बम्पर उपहारको रुपमा जित्न मौका पाउनेछन्।
यसैगरी एड टु कार्ट मार्फत ग्राहकहरुले हरेक दिन रु. १००० को भाउचर जित्न सक्नेछन्। साथै दराजका सबै नयाँ प्रयोगकर्ताहरुले वेलकम गिफ्ट अफर मार्फत रु २०० मूल्यको भाउचर नि:शुल्क पाउनेछन्। यो केवल नयाँ प्रयोगकर्ताहरुको लागि मात्र हो।
दराजमल फेस्टिभलमा नयाँ प्रयोगकर्ताहरुले इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन र ब्रान्ड पंपिङजस्ता खेल खेली अतिरिक्त भाउचरहरु जित्ने मौका पनि प्राप्त गर्नेछन्। यति मात्र नभई नयाँ प्रयोगकर्ताहरुले 50 RECHARGE कोड प्रयोग गरी रु. १०० को रिचार्ज रु. ५० मै पाउन सक्नेछन्।
‘दराज मल फेस्टिभल हामी पहिलो पटक शुरू गर्दैछौं र हामी धेरैनै उत्साहित छौं। यो अभियान ग्राहकहरुलाई एक अद्वितीय खरीदारी अनुभव प्रदान गर्न जाँदैछ। हामी हाम्रा ग्राहकहरुलाई प्रीमियम ग्लोबल मानक उत्पादनहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौं। ३०० भन्दा बढी शीर्ष रेटेड राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड, १००% प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता पलिसीको साथ हामी आशा गर्दछौं कि हाम्रा ग्राहकहरुलाई एक अद्भुत अनुभव हुनेछ,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।


