गुराँस लाइफ इन्सुरेन्सको नाफा २७.७६% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा गुँरास लाइफ इन्सुरेन्सले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २७.७६% ले धेरै हो ।
अघिल्लो वर्ष कम्पनीले ९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा यसको जीवन बिमा कोषको आकार पनि ३८.२९% ले बढेर १० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा ७ अर्ब ६६ करोड रुपैयाँ थियो ।
यसको खुद बिमा शुल्क १५५.१८% ले बढेर ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ अर्ब २० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ९८ पैसाले घटेर ६ रुपैयाँ १४ पैसा (वाषिक) कायम भएको छ ।
अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा (वार्षिक) रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १७ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ९७ करोड रुपैयाँ र जगेडा कोषमा ५३ करोड ८४ लाख रुपैयाँ छ ।


