मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई आर्थिक सहयोग |
काठमाडौं । मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित एक टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।
टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत सट भई आगलागी हुँदा पूर्ण क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
घर आगलागीको जानकारी पाएपछि कम्पनीले स्थलगत निरीक्षण गरि ‘मंगलम पाइप्स टेक्नीसियनको साथ’भन्ने नारा अन्तर्गत मंगलम इन्डष्ट्रिज तथा कम्पनीको तर्फबाट राहत स्वरूप उक्त रकम सहयोग गरेको हो ।
सहयोग रकम कम्पनीका क्षेत्रीय अफिसर सुवास क्षेत्री र मंगलम पाइप्स पूर्वी चितवन, मकवानपुरको आधिकारिक डिस्ट्रीब्यूटर आरम्भ सप्लायर्स एण्ड सेनेटरीको संचालक रमेश उप्रेतीको उपस्थितिमा प्रदान गरिएको थियो। उक्त हस्तान्तरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, उक्त क्षेत्रको टेक्निसियनहरुको उपस्थिति रहेको थियो ।


