कोभिड १९ को पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको सामना गरौ : नेपाल चेम्बर अफ कमर्श |
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले कोभिड १९ को पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको सामना गर्नुपर्नु खाँचो औंल्याएको छ । चेम्बरले मंगलबार सार्वजनिक अपिल जारी गर्दै उक्त धारणा अघि सारेको हो । चेम्बर अफ कमर्शले सार्वजनिक गरेको अपिलमा कोभिड–१९ को नयाँ भेरियन्टका कारण फैलिएको दोस्रो लहरको संक्रमणले लामो समयसम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको सन्दर्भ उल्लेख गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको जनाईएको छ ।
पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाइ वढन नदिन सरकार, निजी क्षेत्र र आम सर्वसाधारण मिलेर कोरोना महामारीलाइ नियन्त्रण गर्नुपर्ने चेम्वरले उल्लेख गरेको छ । चेम्बरको अपिलमा अगाडि भनिएको छ ’अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले नै भोग्नुपर्छ भन्ने तथ्य हालैको कोभिड महामारीबाट मात्र नभई बिगतका अनुभवबाट पनि पुष्टी भइसकेको छ । खुला बजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जान्छ ।’
साथै चेम्बरले स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने उपर कडाइका साथ कारवाइ हुन सकेमा कोभिड महामारी नियन्त्रणमा ठूलो सघाउ पुग्न जाने भएकाले लकडाउनको बिकल्पको रुपमा निषेध गरिएका कृयाकलापहरुलाइ कडाइका साथ परिपालना गर्ने व्यवस्थाको लागि नेपाल सरकारलाई आग्रह गर्दै भनेको छ ‘यस सन्दर्भमा कोभिड नियन्त्रणको लागि लकडाउन मात्र समस्याको समाधान नभइ नेपाल निषेध गरिएको कृयाकलापहरु जस्तै बिभिन्न समुहबाट हुने भिडभाडजन्य क्रियाकलापहरु , बिभिन्न प्रकारका सभा सम्मेलन,धर्ना जुलुस,गोष्ठी ¥याली जस्ता गतिबिधिमा संलग्न रहने, भौतिक दुरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिबिधि संचालन गर्ने, तोकिएको स्वास्थ्यको मापदण्डको परिपालना नगर्ने र मास्कको उचित प्रयोग नगर्नेहरुलाइ कडाइका साथ कारवाइ हुन सकेमा कोभिड महामारी नियन्त्रणमा ठूलो सघाउ पुग्न जाने भएकोले लकडाउनको बिकल्पको रुपमा निषेध गरिएका कृयाकलापहरुलाइ कडाइका साथ परिपालना गर्ने व्यवस्थाको लागि नेपाल सरकार आग्रह गर्दछ ।’
चेम्बरले नेपालको समस्त उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्न यसमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाइ पूर्ण खोपको व्यवस्था गरी व्यवसायीक कृयाकलापलाई तोकिएको मापदण्ड भित्र रही निर्वाध रुपमा आफ्नो गतिबिधि सचालन गर्न पाउनुपर्ने व्यवस्थाको लागि समेत सरकार समक्ष चेम्वरल आग्रह गरेको छ ।




