आज सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ।
यसदिन सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।




