रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ।
कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो। कम्पनीले हालसम्म आठ करोड २३ लाख बराबरको दावी रकम भुक्तानी गरेको छ।


