कतार एयरवेजलाई २०२१ एयरलाइन रेटिङ अवार्डको सर्वोत्कृष्ट सम्मान |
दोहा । कतार एयरवेज एयरलाइन रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ ।
साथै, एयरलाइनले मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिज्नेस क्लासको उपाधि पनि हात पारेको छ । कतार एयरवेजले सर्वोत्कृष्ट बिज्नेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो,जसको मुख्यश्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ ।
एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन उद्योगको सर्वश्रेष्ठ एयरलाइनलाई सम्मानित गर्दछ ।
एयरलाइन रेटिङका सम्पूर्ण विधाका अवार्ड उड्डयन क्षेत्रका दक्ष एवं अनुभवी विज्ञहरूको विस्तृत मूल्यांकन तथा मापदण्डका आधारमा दिइन्छ ।


