युवाका लागि स्थानीय तहबाटै स्वरोजगार सृजनामा जोड |
काठमाडौं । युवा दक्षता दिवस (जुलाई १५) को अवसरमा टिम भर्टेक्स नेपाल र स्पर्स एजुकेशनल फाउन्डेसन नेपालको संयुक्त आयोजनामा बिहीबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
क्षमता विकास, दक्षता मूल्यांकन तथा स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा स्थानीय तहबाटै रोजगार सृजना गरेर नयाँ पुस्ताको लागि नेतृत्व गर्न सक्ने गरि युवाहरूलाई सक्षम बनाउन जोड दिइयो ।
सो क्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालसहित वर्ल्ड लिंक कम्युनिकेसनका प्रमुख संजय शाह, कम्प्युटर एसोसिएसन अफ नेपालका नवीन जोशी, ब्रिटिस कलेजका डिन अरुण जोशी, ब्रिक्सका निर्देशक दिनेश वशिष्ठ, एम.डि.अफ टिम भर्टेक्स संजय अग्रवाल,स्पार्स एजुकेशनल फाउन्डेसन नेपालका प्रमुख शशांक अग्रवाल, नामी कलेजका प्रमुख पवन पोख्रेल तथा सीप प्रोजेक्ट नेपालका फोकल हेड तारा प्रसाद बकारिया सहित विशिष्ट लगायत सहभागी थिए ।


