नेपाल चेम्बर अफ कमर्सको निर्यात प्रवर्द्धन समिति गठन |
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य सुरेन्द्रभाई शाक्यको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समितिमा मनोनित भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
उक्त समितिको सल्लाहकारमा शरदविक्रम राणा, सह सभापतिमा बिनोद मल्ल, सहसभापतिमा जीवनरत्न शाक्य तथा सदस्यहरुमा क्रमशः रविन्द्र शाक्य, महेश्वर श्रेष्ठ, रेशमबहादुर पोखरेल, सुषमा शर्मा तथा मिलनवीर मालाकार मनोनित भएका छन् ।
मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै नेपाल चेम्बरका अध्यक्ष मल्लले यस समितिमा निर्यात प्रवद्र्धन क्षेत्रमा लामो अनुभव हाशिल गरेकाहरुको प्रतिनिधित्व भएकोले निर्यात प्रवद्र्धन क्षेत्रमा चेम्बरले गरिने पहलको लागि उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालको पनि उपस्थिति थियो ।
Visited 1 times, 1 visit(s) today


