बिरोध बढ्दै गएपछि आयल निगमले घटायो इन्धनको मूल्य |
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै चौतर्फी विरोध भएपछि इन्धनको मूल्य घटाएको छ ।
इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै नेपाल आयल निमगले तेलको मूल्य घटाएको हो । नयाँ मूल्य सुची अनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १–१ रूपैयाँले घटाएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।
Visited 1 times, 1 visit(s) today


