म्यारिज एनिभर्सरीको उपहारमा एकअर्कालाई ५०–५० लाखको बीमा पोलिसी |
काठमाडौं । बैबाहिक जीवनको आफ्नो २७ औं बर्ष पुरा गर्दै गरेका एक उदाहरणीय जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई खुशी साटासाट गरेका छन् । बुटवल ३, रुपन्देही बस्ने अधिवक्ता सागर मणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक कार्यक्रमका बीच २७ औं बैबाहिक वर्षको उपहार एक अर्कालाई ५०–५० लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
लामो समयदेखि समाजसेवा गर्दै आएका पोखरेल पेशाले अधिवक्ता तथा सफल सहकारी तथा बैंकर हुन् भने श्रीमती ज्ञवाली शिक्षण पेसामा रहेकी छिन् ।
त्यसो त जीवन बीमा क्षेत्रमा समेत सहभागी रहेको पोखरले दम्पतीले आफ्नो २७ औं बैबाहिक वर्ष गाँठको अवसरमा सिटिजन लाइफ जीवन बीमा पोलिसी एक अर्कालाई उपहार दिएर मनाएका हुन् ।
हरेक बर्ष विभिन्न रचनात्मक कार्य गर्दै आएका पोखरेल दम्पतीले आफ्नो अनुभव सुनाउँदै अहिलेसम्म ७ वटा बीमा पोलिसी परिपक्व भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरु गर्नका लागि निकै सहयोगी भएको बताए ।


