गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई ३० वटा माइक्रो वेभ ओभन सहयोग |
काठमाडौं । गोल्छा ग्रुपले आइतबार महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसुङको ३० वटा माइक्रो वेभ ओभन सहयोग गरेको छ ।
गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन इन्स्टिच्यूट अफ मेडिसिन प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरे ।
कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई खटिन पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्ने बताइन् ।


