मौद्रिक नीतिमा लघुवित्तहरूको सुझावः मापदण्ड तोकेर हकप्रद शेयर निष्कासन गर्न पाउनु पर्ने माग |
काठमाडौं । नेपाल लघुवित्त बैङकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव दिएको छ । संघले कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना सहित १४ बुँदै सुझाव नेपाल राष्ट्र बैकलाई बुझाएको हो ।
प्राकृतिक प्रकोप, कोभिड–१९ लगायतको असरको कारण भाखा नाघेको लघुकर्जाको साँवा तथा व्याजको किस्ताको भुक्तानी अवधि एक पटकमा ६ महिनासम्म थप पर्ने व्यवस्थालाई विषेश जोड दिदै सघंले सुझाव पेश गरेको हो ।
साथै, निश्चित मापदण्ड तोकेर लघुवित्त कम्पनीहरुलाई हकप्रद शेयर तथा ऋणपत्र लगायत अन्य वित्तीय उपकरणहरु निष्काशन गर्न सक्ने व्यवस्था आगामी मौद्रिक नीतिमा गनुपर्ने संघको जोड छ ।
लघुवित्त कम्पनीहरुले पनि बैंक बाहेकका अन्य संस्था जस्तै नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बिमा कम्पनीहरुबाट लघुवित्त क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा अन्य लगानीको व्यवस्था गर्नेे संघको माग रहेको छ ।



