नबिल बैंकको दीगो नबिल बैंक योजना सार्वजनिक |
काठमाडौं । नबिल बैंक लिमिटेडले दीगो नबिल बैंक योजना सार्वजनिक गरेको छ । मंगलबार नबिल बैंकले नबिल दीगो बैंक कार्यक्रम सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत २ प्रडक्ट सार्वजनिक गरेको हो ।
जसमा नबिल किसान कर्जा र नबिल उद्यमी कर्जा रहेका रहेका छन् । यस योजनाले किसान र साना तथा मझौला उद्यमीहरुको विकासमा सहयोग पुग्ने बैंकले बताएको छ । यो योजना स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउने, वित्तीय साक्षरता बढाउने, कृषिमा उत्पादित वस्तुलाई बजारिकरण गर्ने र उद्यमीको विकास गर्न सहयोग पुग्ने बैंकले विश्वास गरेको छ । नबिल बैंकका शाखाहरुमार्फत् यो योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ ।
समग्र देशको अर्थतन्त्र मात्रै नभई ग्रामिण क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न दिगो नबिल बैंकले टेवा पुर्याउने नबिल दीगो बैंकका म्यानेजर लिला प्रसाद ओझाले बताए । नबिल किसान कर्जा र उद्यमी कर्जा कार्यक्रमका मुख्य प्राथमिकताका क्षेत्र खाद्यजन्य वस्तु, फलफूल, तरकारी, विउविजन र विभिन्न उपकरणमा सहजिकरण लिने हो । उद्यम कर्जा अन्तर्गत हाल कायम रहेका नयाँ उद्यमलाई विशेष प्राथमिकतामा राखेर नयाँ साना तथा मझौला र ठूला उद्यमीहरुलाई मुख्यको विकासका लागि महत्वपूर्ण काम गर्ने हो ।
यस योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म विना धितो कर्जा पाउनेछन् । यातायात नभएका स्थानका लागी २० लाख रुपैयाँसम्म दिने बैंकले जनाएको छ । जसमा ब्यक्तिगत १० लाख, किसानलाई २५ लाख रुपैयाँ र समूहगत रुपमा ५ लाख रुपैयाँ र उद्यम कर्जा अन्तर्गत १ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।



