कामना सेवा विकास बैंकका एकैदिन २ वटा शाखा उद्घाटन |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको छ । बैंकले प्रदेश नं ३ अन्तर्गत काठमाडौं महानगरपालिका १५ स्थित स्वयम्भू र भक्तपुर नगरपालिका ७ स्थित जगातीमा असार १५ गते १२६ र १२७ औँ शाखा कार्यालय विस्तार गरी कारोबार पनि शुरु गरेको छ ।
कोरोना महामारीको बेलामा कोरोना सम्वन्धि मापदण्ड अपनाएर बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको समुद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित रहेको थिए । अन्य सञ्चालकज्यूहरुको भर्चुवल उपस्थिति रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ । योसहित बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।



