लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही कामीरिता शेर्पा सम्मानित |
काठमाडौं । किर्तीमानी पर्वतारोही कामीरिता शेर्पालाई २५औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गरेकामा लुम्बिनी विकास बैंक लिमिटेडले बधाई तथा सम्मान गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले किर्तीमानी पर्वतारोही कामीरितालाई बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्मान गर्दै सगरमाथाको सफल आरोहण गरी नेपाललाई विश्वसामु चिनाउनमा एउटा महत्वपूर्ण भूमिका निभाएकामा कामीरितालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
किर्तीमानी पर्वतारोही कामीरिता विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आबद्घ थिए । लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ७२ शाखा र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहकलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल बैंकले ग्राहकलाई निशुःल्क डेबिट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिएका छन् ।



