नेशनल लाइफ इन्स्योरेन्सद्वारा १ करोड २४ लाख बराबरको बीमा दावी भुक्तानी |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरा स्थित आफ्नो शाखा कार्यालयमार्फत मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले स्व. पदमराज पन्तको मृत्यु दावी भुक्तानी पन्तकी श्रीमती बिमला देवी पन्तलाई गरेको हो ।
स्व. पदमराज पन्तले सन् २०२१ फेब्रुअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ बर्षे अमृत श्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए । कम्पनीले सन् २०२१ मार्च ६ मा निजको जिप दुर्घटनामा मृत्यु भएकोले बीमा दावी वापत १ करोड २४ लाख ४८ हजार पन्तको इच्छाएको व्यक्ति निजको श्रीमती बिमला देवी पन्तलाई भुक्तानी गरेको हो ।
उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीको उपस्थितिमा डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गरे ।



