ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ बीच पिकअप र कार्गो गाडी खरिद गर्न कर्जा सम्झौता |
काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ बीच टाटा ब्रान्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ।
सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्रान्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटाका पिक अप र कार्गो गाडि ग्राहकहरुलाई ७०% सम्म कर्जासहित सजिलै प्राप्त हुने कम्पनीले जनाएको छ।
बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने बैंकले जनाएको छ।



