तुलसीपुर उपमहानगरको बजेट ३ अर्ब ३९ करोड |
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रूपैँया बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८–०७९ को अनुमानित ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी हुन् ।
जसमा आन्तरिक स्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँटबाट २ अरब १७ ९६ ख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९ करोड ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरूबाट प्राप्त रकम २ करोड २५ लाख आय हुने अनुमान गरिएको छ ।
जसमा पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट बिनियोजन गरिएको छ । उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन् ।
Visited 1 times, 1 visit(s) today


