असार २५ गतेभित्र कर बुझाउन आन्तरिक राजस्व विभागको सूचना |
काठमाडौं । आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर असार २५ गतेभित्र बुझाउन निर्देशन दिएको हो ।
सूचना अनुसार २०७७ चैत्र र २०७८ बैशाख महिनाको मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क असार २५ गतेभित्र बुझाउन भनिएको छ ।


