ह्वावे र भाइबरबीच एप ग्यालरी अझ सशक्त बनाउने समझदारी |

काठमाडौं । ह्वावेले भाइबर एपसँग सहकार्य गर्ने भएको छ । ह्वावे विश्वका १९० राष्ट्रहरुमा करोडौं प्रयोगकर्ताहरु रहेको यो सेवा एप ग्यालरीमा जोडिने पहिलो प्रमुख ब्रान्डहरु मध्येको एक र सबैभन्दा बढी लोकप्रिय बान्ड बनेको छ ।
भाइबरबाट भ्वाइस र भिडियो कलहरू, मेसेजिङ र ग्रुप च्याटहरु गर्न सकिन्छ र धेरै भूभागहरुमा एप ग्यालरीमार्फत ६२ मिलियन वितरणसँगै यसको बलियो उपस्थिति रहेको छ । यी दुवै कम्पनीहरु मिलेर बढ्दो प्रयोगकर्तालाई लक्षित गर्दै गहन आबद्धता कायम गराउन काम गरिरहेका छन् ।
एप ग्यालरीमा भाइबरले प्राप्त गरेको सफलताको एक हिस्सा ह्वावेको विश्वव्यापी एवं स्थानीय रणनीतिलाई अँगाल्नु पनि हो जुन स्थानीय तवरमा नागरिकहरुलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ डिजाइन गरिएका उच्च गुणस्तरका समाधानहरू दिने एप प्रदायकहरुका साथ सम्बन्ध विकसित गर्नमा केन्द्रित छ ।