अब इन्टरनेट र टेलिफोन सेवा पनि अत्यावश्यक सेवाको सूचीमा |
काठमाडौं । सरकारले इन्टरनेट सेवालाई समेत अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ ।
सरकारले हालै इन्टरनेट सेवालाई आवश्यक सेवामा समावेश गरेर सो सेवामा हडताल तथा बन्द गर्न निषेध गरेको हो । यसको लागि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हडताल निषेध गर्ने क्षेत्रहरु उल्लेख गरेको छ ।
यसअघि नै सरकारले टेलिफोन सेवा तथा सञ्चार सेवालाई हडताल गर्न नपाईने निषेधको सूचीमा राखिसकेको छ ।
सोमबार प्रकाशित राजपत्रमा सरकारले आवश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरेर सो आदेश जारी गरेको उल्लेख छ ।
यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिनियर म्यानेजमेन्ट मिटिङ्गले इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
Visited 1 times, 1 visit(s) today


