पुरानो नैकापमा पर्खाल भत्किँदा दुईजनाको मृत्यु, दुईजना घाइते |
काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिका–१३ स्थित पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बेलुवा–८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका–९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जानकारी दिए ।
प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका–२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

