अब विद्युतीय माध्यमबाट रेमिट्यान्स पठाउन सकिने, मुद्दतिमा खातामा जम्मा गरे थप १ प्रतिशत ब्याज |
काठमाडौं । विदेशमा रहेकाहरुले पठाउने विप्रेषण आम्दानी विद्युतीय माध्यमबाट भित्र्याई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटममा बैदेशिक रोजगारीमा रहेकाले अब वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गरिने र बैंकिङ्ग प्रणलिमार्फत प्राप्त हुने विप्रेषणलाई मुद्दतिमा खातामा जम्मा गरे थप १ प्रतिशत ब्याज पाइने व्यवस्था गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।
त्यस्तै देशभित्रको विद्युतीय भुक्तानीका उपकरणलालाई सुलभ र सहज बनाइने उनले बताए।


