किराना पसल खोल्न दिन चेम्बर अफ कमर्सको माग |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको छ । चेम्बरले विज्ञप्ति जारी गर्दै काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट नयाँ भेरियन्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढी रहेको हुंदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको विज्ञप्ति सम्वन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
किराना पसलहरू बन्द गर्ने व्यवस्थाले दैनिक रूपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरूलाई मर्का पर्ने तथा किराना पसलहरूमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तु सर्वसुलभ रूपमा आपूर्ति नहुने चेम्बरले जनाएको छ ।
भौतिक दुरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागु गर्ने व्यवस्था गरी साविक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि चेम्बरले आग्रह गरेको छ ।


