नेपाल लाइफको मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो ।
यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ ।
आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
भिडियो लिंक


