पाकिस्तानले पनि कोरोना विरुद्धको खोप उत्पादन शुरु गर्यो |
पाकिस्तानले चिनियाँ विज्ञको सहयोगमा कोरोना भाइरस विरुद्धको खोप निर्माण गरेको छ। गत महिना यो खोपको कच्चा पदार्थ इस्लामाबाद ल्याएपछि पाकिस्तानले समेत यो सफलता प्राप्त गरेको हो ।
एनआईएचका अनुसार चीनको सिङ्गल डोज मात्र लिँदा हुने क्यानसिनो कोभिड १९ भ्याक्सिन यस महिनाको अन्त्यसम्म पाकिस्तानका नागरिकहरूलाई उपलब्ध हुनेछ।
पाकिस्तानी समाचार संस्था नेशनका अनुसार चीनको सहयोगमा कुल १ लाख २४ हजार डोज खोपहरू विकसित गरिएको छ । तिनीहरूलाई स्थानीय प्याकेजिङ गरी वितरण गरिने छ ।
स्थानीय रूपमा बनाइएको कोभिड १९ चिनियाँ खोपलाई पाकभ्याक नाम दिइएको छ । अप्रिलमा एनआईएचका अधिकारीहरूले तिनीहरूले मेमा क्यानसिनो बायो इन्स्टिच्युटको सहयोगमा कोरोनाभाइरस विरुद्धको खोपको स्थानीय उत्पादन सुरु गर्ने बताएका थिए ।
एनआईएच अधिकारीका अनुसार खोपका लागि कच्चा पदार्थ मेको सुरुमा पाकिस्तानमा पुगेपछि यो खोप उत्पादन तुरुन्तै सुरु गरिएको थियो ।


