७६(५) मा जानु अपरिहार्य भइसक्यो ː प्रधानमन्त्री |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरे । जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले भने, ‘७६(५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो ।’

