वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन |
काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको डा. श्रेष्ठको भनाइ छ । कोभिड १९ संक्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो ।
डा. श्रेष्ठका अनुसार उनी निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।
Visited 1 times, 1 visit(s) today


