सरकारले फेरि ल्यायो संवैधानिक परिषदसम्बन्धी अध्यादेश, ७ वटा अध्यादेश जारी |
काठमाडौँ । सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्या, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यांदेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् ।
यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

