यती एयरलाइन्सको बोर्डिङ पासमा ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि |
काठमाडौं । यती एयरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ ।
यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जुनसुकै मूल्यको टिकट खरीद गरी यती एयरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५ सय मूल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।
एयरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा २ सयको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा ३ सयको ट्राभल भौचर गरी जम्मा ५ सय मूल्य बराबरको सहुलियत दिने भएको हो । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन् ।


