सिभिल बैंकले मनायो “ग्लोबल मनी विक” |
काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनी विक”मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो ।
प्रदेश नं १को बिराटनगर स्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी, बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरीएको थियो ।
यसको अलावा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)काबारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्पmत प्रशारण पनि गरेको थियो ।


