मिनिसोको बी पोजेटिभ क्याम्पेनिङ ‘विज्ञापनले व्यापार मात्र गर्दैन भावना पनि बोल्छ’ |
काठमाडौं । विश्व प्रसिद्ध थाइल्याण्ड आइटमको चिनियाँ फेन्सी विक्रेता कम्पनी मिनिसोले नेपाली बजारमा बी पोजेटिभ क्याम्पेनिङ ‘विज्ञापनले व्यापार मात्र गर्दैन भावना पनि बाल्छ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । करिब २६ वर्ष पुरानो ब्राण्डेड फेन्सी आइटम भित्र्याइरहेको कम्पनीले काठमाडौंको नयाँ बानेश्वर र सुन्धारा स्थित सिभिल मलबाट उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
विशेषत ‘योसन’ ब्राण्डका ब्राण्डेड फेन्सी आइटमहरु मार्फत कम्पनीले क्याम्पेनिङ चलाइरहेको छ ।
गत मार्च १ देखि कम्पनीद्धारा सञ्चालित उक्त क्याम्पेनिङमा फर्मल, क्याजुअल, जेन्स, फिमिल सबै प्रकारकार फेन्सी आइटमहरु प्रदर्शित रहेको कम्पनीका ब्राण्ड हेड अफ्जल खानले बताए ।
विशेषतः ब्राण्डेड फेन्सी आइटमहरुको साथमा मिलेको आकर्षक पोसाक भए शारिरीक सुसंगठनमा कमजोर भएकाहरुलाई समेत चिटिक्क र आकर्षक देखाउँछ भन्ने मुल नाराका साथ उक्त क्याम्पेनिङ सञ्चालन गरेको खानले बताए ।
त्यस्ता साना, होचा, पुड्का, पातला शारिरीक सुसंगठन नमिलेकाहरुका लागि पनि कम्पनीले विशेष पोसाक बजारमा ल्याएको उनको भनाई छ ।
हाल कम्पनीले योसन ब्राण्डका लेडिज जेन्स् विन्टर, समर सिजनका विभिन्न खालका फेन्सी आइटम ज्याकेट, प्यान्ट, सुज बजारमा ल्याएको छ । तुलनात्मक रुपमा सस्तो बजार भन्दा केहिँ मूल्य फरक परेपनि क्वालिटीमा भने नम्बर एक नै रहेको ब्राण्ड हेड खानको भनाई छ ।
हाल नयाँ बानेश्वर र सिभिल मलबाट मात्र व्यवसायिक कारोबार गरिरहेको कम्पनी अब छिट्टै ललितपुरको जावलाखेलमा समेत नयाँ शो रुम खोलि व्यवसाय गर्ने जनाएको छ ।


