डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा |
काठमाडौं । अब डिसहोमको ग्राहकहरुले डिसहोमको रिचार्ज गर्दा 10 mbps इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिसहोम फाइबर नेटले सेवा सुरु गरेसँगै डिसहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् ।
डिसहोमको रिचार्ज गरि मासिक, त्रैमासिक अर्धवार्षिक बार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको इन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।
डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँग आफ्नै मोबाइलमा DishHome GO एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै ख्इम् मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।
DishHomeGOWEB मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् । साथै VOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मज्जा लिन सक्नेछन् ।



