शाओमीद्वारा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण |
काठमाडौं । मोबाइल ब्रान्ड शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन)का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कुलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।
शाओमीले आफू सञ्चालनमा रहेको समुदायको सेवका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको छ । शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीलाई ल्यापटप, किट, झोला, जुत्ता, किताब वितरण गरेको हो ।


