जगदम्बा सिमेन्टले गर्यो निर्माण विज्ञसँग अन्तरक्रिया |
काठमाडौं । ‘तपाइँको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने मूल नारासहित पाँचखालको खावामा ६० भन्दा धेरै निर्माण विज्ञहरुसँग जगदम्म्बा सिमेन्टलेे अन्तरक्रिया गरेको छ ।
स्थानीय वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रवन्धक नवराज भूर्तेलको अतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण ब्यवसायीहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधि देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको प्रष्ट पारे ।
विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक केदार निरौलाले प्रष्ट पार्दै यस्ता जनचेतनामूलक नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको कम्पनीका ईन्जिनियर कुसल काफ्लेले बताए ।


