काठमाडौंमा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा |
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित भिमसेन गोलामा हेल्थवाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ । फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका यूवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन् ।
कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रुपमा अगाडि बढाउने उदेश्य राखेको छ भने सौन्दर्य र स्वास्थ्योपचार दुवै विधालाई एकैसाथ अगाडि लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकहरुको दाबी रहेको छ ।
पोलिक्लिनिक स्थापनाको केहि समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै सञ्चालकहरुलाई यस उपचार केन्द्रमा जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए ।


