लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वी च्याट पे सेवा |
काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वी च्याट पे सेवा सुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्यु.आर कोडको माध्यमबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ कम्पलेक्स लगायतमा क्यु.आर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवा संचालन भएपछि मायादेवि मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यू. आर. कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरि चाइनिज पर्यटकले वी च्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्ने बैंकले जनाएको छ ।


