काठमाडौं म्यारियटको महिलाका लागि लोभलाग्दो अफर |
काठमाडौं । पाँचतारे होटल म्यारियटले महिला दिवसको अवसर पारेर आफ्ना सबै महिला अतिथिका लागि लोभलाग्दो अफर पेश गरेको छ ।
काठमाडौं म्यारियटले आफ्नो होटलमा भएको एम वेलनेस स्पाका विभिन्न सेवाका लागि ४० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । यो छुट गत सोमबार अर्थात् र्माच ८ देखि १५ मार्च, २०२१ अर्थात् आउँदो सोमबारसम्म एक हप्ताका लागि लागू हुनेछ ।
यसका साथैस्पा डेमा रमाइसकेका महिला अतिथिले काठमाडौं म्यारियट होटलको ठमेल किचनमा खाना खाएमा १५ प्रतिशत छुटसमेत प्राप्त गर्न सक्नेछन् ।
फोनमार्फत् स्पा डे बुक गर्नका लागि ९८०१९१११४२ मा सम्पर्क गर्न सकिनेछ ।


