एनएमबीका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट |
काठमाडौं । एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट दिने गरी सम्झौता भएको छ ।
बी एण्ड बी अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे ।
बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीलाई फार्मेसीबाट औषधी किन्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट दिइनेछ ।
एनएमबि बैंकले देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिदैँ आइरहेका छ ।


