फ्रन्टलाइनरको सम्मानमा नेपाल इन्भेस्टमेन्ट बैङ्कद्वारा “सम्मान र्याली”को आयोजना |
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल)ले स्थापनाको ३५औं वर्ष पार गरेको छ । बैङ्कले ३५औं वार्षिकोत्सवको अवसरमा बैङ्क कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्यबद्धता प्रकट गर्नका लागि “सम्मान ¥याली”को आयोजना गरेको छ ।
यसका साथै बैङ्कले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याजदर प्रवर्द्धनात्मक कर्जा योजनाको पनि सुरुवात गरेको जनाएको छ ।
बैङ्कले विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पु¥याइ सकेको जनाएको छ ।


