गरिमा विकास बैङ्कको ‘मेरो सेयर बचत खाता’ सार्वजनिक |
काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैङ्कले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ ।
यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सयमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्नेछन् । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बैङ्ले जनाएको छ ।
कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैङ्कले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्ने बताएको छ ।
जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्देश्य रहेको यस बैङ्ककका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।


